स्कुले विद्यार्थीको शव खोलामा
– हराएको एक दिनपछि शव फेला
बिदुर – नुवाकोटको पुर्वी भेगमा रहेको तादीखोलामा शनिवार वेलुकी एक स्कुले बालक मृत अबस्थामा फेला परेका छन् । उनी घरवाट शुक्रवारदेखि हराइरहेका थिए ।
पन्चकन्या गाउंपालिका २ बेशीकठेरीेस्थित तादीखोलामा हराइरहेका स्कुले वालक ५ वर्षिय सज्जल राई मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

एक दिन अगाडि शुक्रवार वेलुकी चार वजेदेखि हराइरहेका वालक राइको शव फ्ेला परेपछि विशेष रुपमा अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरिक्षक इकवाल हवारीले जानकारी दिए । बालक राईको शव घरदेखि चारसय मिटर तल फेला परेको हो । उनी स्थानीय नवविहानी वाल विकास केन्द्र वेसिकठेरी राइथोकको नर्सरीमा अध्ययनरत थिए ।

घटनास्थल खरानीटार वजारदेखि सात किलोमिटर पश्चिममा रहेको छ । बालकको शव पोष्टमार्टमको लागी त्रिशूली अस्पतालमा राखिएको छ ।











































