बिद्युतीय तुइनमा जेनेरेटर जडान

– आवतजावतमा सुविधा
लोकखबर
२०८३ मंसिर ४, बिहीबार २१:०९

बिदुर – ल्हेन्देखोलावाट रसुवागढी हुदै भोटेकोशीवाट त्रिशूली नदीमा मिसिएको अकल्पनिय बाढीले पक्कि मोटररेवल पुल ध्वस्त पारेपछि नुवाकोटका अधिकांश स्थानमा आवतजावत अवरुद्ध रहेका छन् । आवतजावतको सुरुवातका लागि प्रारम्भिक चरणमा तुइन राखिएको छ । विदुर नगरपालिका ६ को सिँचाइ पुल र पारी आवतजावतका लागि गत महिना विद्युतीय तुइनमा जडान गरिएको थियो । तर, विद्युत अवरुद्ध हुने समस्याका कारण यात्रुहरुको सहजताका लागि जेनेरेटर जडान गरिएको छ ।

त्रिशूली नदीमाथि सिँचाइ पुलबाट मान्द्रेढुङ्गा जोड्ने पक्कि मोटरेबल पुल ध्वस्त पारेपछि उक्त स्थानमा गाडिएको विद्युतीय तुइनमा जेनेरेटर जडान गरिएको हो । अब भने विद्युत् सेवा अवरुद्ध हुँदा पनि जेनेरेटरको सहायताले तुइन नियमित सञ्चालन गर्न सकिने वडाध्यक्ष श्यामकृष्ण चालिसेको भनाई छ । उनका अनुसार लायन्स क्लबको अगुवाइमा निर्माण गरिएको उक्त मोटरेबल तुइनमा जेनेरेटर जडान भएपछि स्थानीयवासीलाई आवतजावतमा थप सहज भएको छ ।

जडान गरिएको विद्युतिय स्वचालित तुइनको पुर्वाधार कार्यालयका प्राविधिकहरुबाट आवश्यक चेकजाँच गरि झोल्लिएको लट्ठा मिलाउने र जेनेरेटर जडान गर्ने कार्य सम्पन्न भएको वडा सदस्य रामचन्द्र पौडेलले वताए । पटक/पटक विद्युत आपूर्तिमा समस्या हुदा तुइन संचालन अवरुद्ध हुने समस्यालाई मध्यनजर गर्दै नियमित तुइन संचालन सहजीकरणका लागि लायन्स क्लव अफm इन्टरनेशनलबाट थ्रिफेज १५ केभिएको हेभी ड्युटी जेनेरेटर जडान गरिएको उक्त कार्यको समन्वय गरेका अनुजकुमार श्रेष्ठले वताए । उनका अनुसार यसवाट विद्युत अवरुद्ध भएको र असहज परिस्थितिमा नियमित तुइन संचालन गरि सर्वसाधारण जनसमुदायलाई सेवा उपलब्ध गराउन महत्वपूर्ण सहयोग पुगेको छ ।


सर्वाधिक रुचाइएको