पांचसय बिद्यार्थीलाई एकैपटक झोला

– विद्यालयलाई कम्प्युटर
लोकखवर शिक्षा संवाददाता
२०८३ मंसिर ३, बुधबार २३:४३

बिदुर – विद्यार्थीहरुलाई अध्ययनप्रति जागरुक गराउने उद्धेश्यले नुवाकोटको दुई वटा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई झोला प्रदान गरिएको छ । यसका साथै प्रविधिमा जोड दिदै एक विद्यालयलाई कम्प्युटरसेमत उपलव्ध गराइएको छ ।

यशोदादेवी/ भगवानसिह केसी मेमोरियल ट्रष्टको पहलमा जापानीज दातामार्फत नुवाकोटको गेर्खु र लिखुको विद्यालयमा अध्ययनरत पांचसय जना विद्यार्थीहरुलाई एकैपटक एक/एक थान झोला प्रदान गरिएको हो । लिखु गाउपालिकास्थित बच्छला माबिमा अध्ययनरत दुईसय ८५ जना विद्यार्थीहरुलाई र बिदुर नगरपलिका १० गेर्खुटारस्थित सुन्दरीक्यौरेनी माबिमा अध्ययनरत दुईसय १५ विद्यार्थीहरुलाई एक/एक थान स्कुल ब्याग हस्तान्तरण गरिएको हो ।

यसका साथै यशोदादेवी/ भगवानसिह केसी मेमोरियल ट्रष्टले सुन्दरीक्यौरेनी माबिलाई दुई थान कम्प्युटर प्रदान गरेको छ । ट्रष्टका अध्यक्ष डा. केदारनरसिह केसी, महासचिव जगदीश्वरनरसिंह केसी तथा दाताहरुले विद्यालयमा पुगेर विद्यार्थीहरुलाई झोला तथा विद्यालयलाई आधुनिक कम्प्युटर हस्तान्तरण गरेका हुन् ।


सर्वाधिक रुचाइएको