प्रतिकार्य स्वःहेरचाह कार्यक्रम

– सहयोगीहरुलाई जागरण
लोकखबर
२०८३ मंसिर ३, बुधबार २३:३८

बिदुर – भोटेकोशी बाढी प्रतिकार्यमा बाढी प्रभावितलाई सहयोग गर्ने र सेवा दिने क्रममा अग्रपंक्तिमा रहेर काम गर्ने व्यक्तिहरूले पनि विभिन्न तनाव र चुनौतीहरू सामना गरिरहेका सहयोगी व्यक्तिहरुलाई नुवाकोटमा जागरण कार्यक्रम गरिएको छ । नुवाकोटको बट्टारमा दुई दिनसम्म सन्चालित कार्यक्रममा । बाढी प्रतिकार्यमा बाढी प्रभावितलाई सहयोग गर्ने सहयोगी व्यक्तिहरूको शारीरिक र मानसिक स्वास्थ्य सुरक्षामा ध्यान दिदै उक्त कार्यक्रम गरिएको हो ।

शारीरिक र मानसिक स्वास्थ्य सुरक्षामा प्रभावकारिताको लक्ष्यसहित कोशिशले युएन ओमेनको सहयोगमा नुवाकोटको बट्टारमा दुई दिनसम्म अग्रपंक्तिमा रहेर काम गर्ने व्यक्तिहरूका लागि स्वः हेरचाह सम्बन्धी जनचेतना तथा जागरणमुलक कार्यक्रम सञ्चालन गरेको हो । दुई दिनसम्म सन्चालीत कार्यक्रममा समुदायका विभिन्न क्षेत्रमा आवद्ध ६२ जनाको सहभागिता रहेको परियोजना प्रबन्धक सीता भण्डारीले जानकारी दिइन् ।

उनका अनुसार कार्यक्रममा शिक्षक, स्वयंसेवक, नर्स, महिला स्वास्थ्य स्वयंसेविका, नेपाल प्रहरी, ट्राफिक प्रहरी, सन्चारकर्मी, विभिन्न सरोकारवाला तथा कोशिशका कर्मचारीहरूको सहभागिता रहेको थियो । सहभागीहरुलाई चिकित्सक मनोविद् सुलभराज उप्रेती, परियोजना प्रबन्धक सीता भण्डारीलगायतले शारीरिक तथा मानसिक स्वास्थ्य, कामका क्रममा हुने तनाव र त्यसलाई व्यवस्थापन गर्ने उपायहरूका सम्वन्धमा जानकारी प्रदान गरेका थिए । सहभागीहरुले प्रभावितहरुको लागि अव सहज रुपमा सेवा गर्न सकिने उत्प्रेरणा जागेको वताए ।


सर्वाधिक रुचाइएको