एकादशीमा सार्वजनिक विदा

– किस्पाङमा शुक्रवार विदा
लोकखबर
२०८३ मंसिर ३, बुधबार २३:२२

बिदुर – हरिबोधिनी एकादशी मेलाको अवसरमा नुवाकोटको किस्पाङ गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गापाले सांस्कृतिक पर्वको लागि यहि मंसिर ४ गते शुक्रबार गापामा विदा दिने निर्णय गरेको हो ।

किस्पाङ गाउँ कार्यपालिका काहुलेको सूचनाअनुसार उक्त दिन गाउँपालिका अन्तर्गतका कार्यालय तथा निकायहरू बन्द रहनेछन् । हरिबोधिनी एकादशीको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्वको पर्व रहेका कारण किस्पाङ पोखरी र फिकुरी डांडामा मेला लाग्ने गरेको छ ।

यसका साथै हरिबोधिनी एकादशी पर्वको अवसरमा किस्पाङ पोखरी र फिकुरी डांडामा लाग्ने मेलाका तयारी अन्तिम चरणमा पुगेको छ । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको उक्त मेलालाई व्यवस्थित र भव्य बनाउन आवश्यक तयारी भइरहेको किस्पाङ गापा कावा अध्यक्ष अर्जुनप्रसाद न्यौपानेले जानकारी दिए ।


सर्वाधिक रुचाइएको