बाढीको पीडामासमेत एकादशी मेलामा भीड
बिदुर – तीन महिना अगाडिको अकल्पनीय बाढीले उजाडिएको नुवाकोटको देवीघाटलगायतका स्थानमा एकादशी मेला भर्नेहरुको भीड लागेको छ । देवीघाटलगायतका मनिदर तथा धामहरुमा विहीवार राती महाद्विप प्रज्वलन गर्नेहरुकोे घुइँचो लागेको छ । बाढीले सोत्तर पारेको वगरमा पुगेर श्रद्धालुहरुले आफ्ना दिवंगत पितृहरुको उद्धारको लागि महाद्विप प्रज्वलन गरेका हुन् ।

प्रलयकारी बाढीले खण्डहर वनाएको देवीघाट, उत्तरगयामा पुर्ननिर्माणको कामनासहित श्रद्धालुहरुले सहभागिता जनाएका हुन् । भक्तजनहरुले आफ्ना दिवंगत पितृको उद्धारको कामना गर्दै नुवाकोटको देवीघाटस्थित प्रसिद्ध जालपादेवी मन्दिरमा हरिवोधनी एकादशीको अवसरमा विहीवार हजारौंद्वारा महाद्विप प्रज्वलन गरेका हुन् । यस वर्षको एकादशी मेलामा गत वर्षको भन्दा धेरै तिर्थालुहरु आएका छन् ।

बिदुर नगरपालिका ५ देवीघाटस्थित तादी र त्रिशूली नदीको संगमस्थल, उत्तरगयाधाम, तारकेश्वरलगायतका स्थानहरुमा आफ्ना दिवंगत पितृहरूको सम्झना र मोक्षको कामनासहित श्रद्धालु भक्तजनहरूले बत्ती बालेका हुन् । बिदुर नगरपालिका, सम्वन्धित वडा कार्यालय, सुरक्षा निकाय तथा सरोकारवाला पक्षले टेण्ट, पाललगायतका सामग्री उपलव्ध गराएपछि भक्तजनहरुलाई केहि सुविधा पुगेको श्रद्धालुहरुको भनाई छ । पितृप्रति श्रद्धा, भक्ति र आस्थाको अनुपम संगम देवीघाट, बेत्रावतीलगायतका धाममा विहीवार रातभर जाग्राम बसेर शुक्रवार बिहान पवित्र गंगास्नान गर्ने र हरिबोधनी ठूलो एकादशी मेलामा सहभागी हुने भक्तजनहरूको घुइँचो लागेको जालपादेवी विकास समितिले जनाएको छ ।

धर्म, संस्कृति, परम्परा र आस्थाको पवित्र संगम देवघिाट र उत्तरगया बेत्रावतीधाममा बाढीले उजाडिएको अवस्थामासमेत श्रद्धालुहरुले फेरि आस्थाको द्विप प्रज्वलन गरेको स्थानीय देवीघाट जालपा युवा क्लवका अध्यक्ष नवीन चित्रकारले जानकारी दिए । उनका अनुसार हरिबोधनि एकादशीका अवसरमा देबीघाटमा पितृहरुको आत्माको चिरशान्तीको कामनासहित महाद्विप प्रज्पलनको लागि भक्तजन हरुको गत बर्ष भन्दा उल्लेखनीय सहभागिता रहेको छ । नुवाकोट र रसुवाको सिमाना बिदुर नपा १० वेत्रावतिमासमेत बत्ती बाल्ने भक्तजनहरूको घुइँचो लागेको छ ।

उत्तरगयाधाममा हरिबोधिनी एकादशीको अघिल्लो रात विहीवार बत्ती बाल्ने श्रद्धालुहरूको भीड लागेको छ । उत्तरगया क्षेत्रमा बिहीबार राती बत्ती बाल्ने भक्तजनहरूको घुइँचो लागेको वडाध्यक्ष गणेशकुमार नेपालले जानकारी दिए । उनका अनुसार गत भदौ १० गते आएको विनाशकारी बाढीले क्षति पु¥याएको स्थानमा भक्तजनको सुविधालाई ध्यानमा राख्दै टेन्ट टाँगेर बत्ती बाल्ने ठाउँ निर्माण गरिएको छ । विनासकारी बाढीले देवीघाटस्थित जालपादेवी मन्दिर, गणेश मन्दिर, कृष्ण मन्दिर, बेत्रावतीस्थित राम मन्दिर र उत्तरगयाधाम क्षेत्रलाई बगरमा परिणत गरेपछि बत्ती बाल्ने र बस्ने स्थानको अभाव भएको थियो ।

सोही अवस्थालाई मध्यनजर गर्दै बिदुर नपा र उत्तरगया गापाले टेन्ट राख्ने व्यवस्था गरेको हो । स्थानीय व्यक्ति तथा अनय संघसंस्थालेसमेत विभिन्न सामग्रीहरु सहयोगस्वरुप उपलव्ध गराएको स्थानीय युवा दिलकृष्ण श्रेष्ठले वताए । त्रिशूली र फलाँखु खोलाको सङ्गमस्थलमा हरिबोधिनी एकादशीको अघिल्लो रात श्रद्धालुहरू दिवङ्गत पितृका नाममा रातभरि बत्ती बालेर जाग्राम बस्ने गर्छन् ।

परलोक भएका आफ्ना आमाबुबा तथा आफन्तको नाममा बिहीबार वेलुकीदेखि नै भक्तजनहरू जाग्राम बसेर बत्ती बालिरहेका छन् । पितृका नाममा बत्ती बाल्नाले उनीहरूको आत्मालाई शान्ति मिल्नुका साथै उत्तम लोक प्राप्त हुने जनविश्वास रहि आएको छ । उत्तरगया क्षेत्रमा हरिबोधिनी एकादशी, पौषे औँसी तथा बालाचतुर्दशीलगायतको अवसरमा विशेष मेला लाग्ने गर्दछ ।

गत भदौ १० गते आएको विनाशकारी बाढीले क्षति पु¥याएको देवीघाट, वेत्रावतिलगायतका स्थानमा टेन्ट र त्रिपाल गाडेर भक्तजनलाई चिसोवाट वच्ने सुविधा प्रदान गरिएको हो । यसअघि, बाढीले बगर बनाएको देवीघाट र वेत्रावतिमा भक्तजन वस्नका लागि सम्याउने काम गरिएको थियो । भक्तजनको सहजताका लागि स्थानीय समाजसेवी तथा सहयोगीहरूले पनि विभिन्न सामग्रीको व्यवस्था गरेका छन् । भक्तजनलाई स्थानीय युवा दिलकृष्ण श्रेष्ठले निःशुल्क माटोको दियो वितरण गरेका छन् ।

बत्ती बाल्न प्रयोग हुने तेल र फलफूलको व्यवस्था समेत स्थानीय सरिता थापामगर र कोपिला डंगोलले गरेकी छन् । त्रिशूली र तादीको संगमस्थल देवीघाट र त्रिशूली र फलाखु खोलाको संगमस्थल रहेको वेत्रावति परिसरमा हरिबोधिनी एकादशीको अघिल्लो रात श्रद्धालुहरूले मृत्यु भएका आफ्ना पितृका नाममा रातभरि बत्ती बालेर बस्ने परम्परा रहेको छ । धार्मिक संस्कृति र पर्यटनलाई संरक्षण गर्नुपर्ने योजनामा बिदुर नपा क्रियाशील रहेको र एकादशी मेलाका लागि आवस्यक सहयोग गरिएको त्रिदुर नपाका मेयर राजन श्रेष्ठले वताए ।

उनले विनासकारी बाढीले क्षति पु¥याए पनि स्थानीय तह, विभिन्न संघसंस्था र मनकारी व्यक्तिहरूको सक्रियतामा आवश्यक व्यवस्थापन मिलाइएपछि भक्तजनलाई केही राहत मिलेको वताए । एकादेशी मेलाका अवसरमा बाढीको कहरका वीच पनि नुवाकोटको देवीघाटस्थित जालपादेवी मन्दिर र त्रिशूली र तादीको दोभान देवीघाट, गणेशस्थान माछापोखरी घाट, समुन्द्रटारको घाट, राउतबेसीको घाट, शिखरवेसीको दुप्चेश्वर मन्दिरको घाट, तारुका घाट लगायतका घाटमा भव्य मेला र फूल तार्ने भक्तजनको भिड लागेको छ । धार्मिक मान्यता अनुसार एकादशीका दिन भगवान विष्णु समुन्द्रबाट उठेर वैकुण्ठधाम जाने जनविश्वास रहेको पुरोहित अनन्तप्रसाद रिजालको भनाई छ ।














































