जनताको पक्षमा काम भएनः घिसिङ
बिदुर – ल्हेन्देखोलावाट रसुवागढी हुदै भोटेकोशीवाट त्रिशूली नदीमा मिसिएको अकल्पनिय बाढीले प्रभावित पारेको तीन महिना हुंदासमेत सरकारले पीडितको पक्षमा प्रभावकारी कार्य गर्न नसकेको उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पुर्वमन्त्री कुलमान घिसिङले वताए । उनले ढिलो नगरी पीडित जनताको लागि प्रभावकारी कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिए । नुवाकोटको शिवपुरीमा आयोजित उज्यालो नेपाल पार्टीको भेला उद्घाटन गर्दै घिसिङले पीडित जनताको पक्षमा यतिवेला धेरै काम अगाडि वढ्नु पर्ने हो । तर, अहिले त, न मृतक, न घरवार वगाएका, न व्यापार व्यवसाय वगाएका, न खेतियोग्य जमिन वगाएका कसैको लागि पनि सरकारले ठोस कार्यक्रम ल्याउन नसकेको वताए ।

उनले पीडित जनताको पक्षमा कार्यक्रम ल्याउन सरकार मुकदर्शक भएर वस्न नहुने वताए । पीडितहरुको उचित व्यवस्थापन र न्यायोचित पुर्नस्थापनाका लागि सरकारले प्रभावकारी कार्यक्रम ल्याउनु पर्ने अध्यक्ष घिसिङले वताए । उक्त, पार्टीले नुवाकोटमा संगठन विस्तार कार्य गरिरहेको छ । सो दलले विभिन्न स्थानमा संगठन निर्माण तथा पार्टी गतिविधिलाई अघि बढाइरहेको पार्टीले शिवपुरी गाउँपालिकामा भेलासहित पार्टी कार्यालय उद्घाटन गरेको छ ।

उज्यालो नेपाल पार्टी शिवपुरी गाउँपालिका समितिको आयोजनामा भेला तथा कार्यालयको केन्द्रीय अध्यक्ष कुलमान घिसिङल उद्घाटन गरेका हुन् । कार्यक्रममा अध्यक्ष घिसिङसहित पार्टीका केन्द्रीय तथा जिल्ला तहका नेता, स्थानीय नेता, कार्यकर्ता, शुभेच्छुक र सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा अध्यक्ष घिसिङले आगामी स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले धेरै स्थानमा जित हासिल गर्ने दाबी गरे । उनले पार्टी संगठन विस्तार र स्थानीय तहसम्म पार्टीको उपस्थिति मजबुत बनाउने अभियानलाई अघि बढाइरहेको सन्दर्भमा आफ्नो धारणा राखेका थिए ।

पछिल्लो समय नुवाकोटमा अन्य राजनीतिक दल त्याग गरी उज्यालो नेपाल पार्टीमा प्रवेश गर्नेहरूको संख्या बढ्दै गएको उक्त पाटीले दाबी गरेको छ । कार्यक्रममा उज्यालो नेपाल पार्टीका जिल्ला, प्रदेश तथा केन्द्रीय नेताहरुको सहभागिता रहेको थियो । उनीहरूले पार्टीको संगठन, आगामी राजनीतिक दिशा र जिल्लामा पार्टीको गतिविधिबारे धारणा राखेका थिए । सुशासन, समृद्धि र सामाजिक न्यायलाई मुख्य संकल्पका रूपमा अघि सारेको उज्यालो नेपालले शिवपुरीमा पार्टी कार्यालय स्थापना गरेसँगै स्थानीय तहमा आफ्नो संगठनात्मक गतिविधिलाई थप सक्रिय बनाउने जनाएको छ ।











































