बाल मन्दिर पुर्ननर्माणको समझदारी

– पठनपाठन र व्यवस्थापनमा सहजता आउने
लोकखबर
२०८३ मंसिर ५, शुक्रबार २२:३७

बिदुर – धेरै वर्षदेखि मर्मत र पुर्ननिर्माण नहुंदा जीर्ण भएको नुवाकोटको त्रिदुरस्थित बालमन्दिर पुर्ननिर्माण गरिने भएको छ । सरोकारवालावीच विदुरस्थित बालमन्दिर पुर्ननिर्माणको समझदारी भएको हो । बिदुर नगरपालिका ४ बिदुरस्थित मुल सडकमार्गमा रहेको बालमन्दिरमा विद्यार्थीहरुसमेत अध्ययन गरिरहेका छन् ।

चार दशक भन्दा पुरानो उक्त बालमन्दिर मर्मत र पुर्ननिर्माण नहुंदा जीर्ण भएको छ । नेपाल रेडक्रस सोसाइटी नुवाकोटले बिदुरमा रहेको उक्त बाल मन्दिरलाई पुर्ननिर्माण गर्नको लागि कार्यक्रम अगाडि बढाएको छ । रेडक्रस र बाल मन्दिर समिति वीच भवन पुर्ननिर्माणको समझदारी भएको रेडक्रस नुवाकोटका सभापति हरि श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार दुवै पक्षवीच पुर्ननिर्माणका लागि हाल बाल मन्दिर भबनको नक्सा को सहमति भएको छ । सहमति अनुसार रेडक्रसले तत्कल आबश्यक प्रक्रिया अगाडि बढाउने छ । बिदुर नगरपालिकाको समन्वय र रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) को सहयोगमा नयां भबन निर्माण हुने छ । यससंगै विद्यार्थीहरुलाई पठनपाठनमा सुविधा पुग्नुका साथै विद्यार्थीहरुसमेत वढोत्तरी हुने अपेक्षा गरिएको छ ।


सर्वाधिक रुचाइएको