बाढी प्रभावितको रोग निगरानी गरिदै

– स्थलगत रुपमा पहिचान
लोकखवर स्वास्थ्य संवाददाता
२०८३ मंसिर ६, शनिबार २३:३४

बिदुर – ल्हेन्देखोलावाट रसुवागढी हुदै भोटेकोशीवाट त्रिशूली नदीमा मिसिएको अकल्पनिय बाढीले नुवाकोटमा प्रभावित पारेकाहरुलाई विभिन्न स्थानमा रोग निगरानी कार्यक्रम सन्चालन गरिएको छ । जसअन्र्तगत विपद प्रभावितहरुलाई प्रत्यक्ष रुपमा स्वास्थ्य सचेतनासहितको उपचार प्रदान गरिदै आएको छ । ‘विपदको समय सकिएपछि पनि स्वास्थ्य विपद सकिएको हुँदैन’ भन्ने मुल सन्देशसहित बिदुर नगरपालिका ५ लामिवगैचास्थित देबीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा पुगेर जिल्ला जनस्वास्थ्य कायाृलयका प्राविधिकहरुले विभिन्न कार्यक्रम गरेका हुन् ।

उक्त कार्यक्रममा उक्त केन्द्रमा वसोवास गर्दै आइरहेका वृद्ध वृद्धा बाआमाहरुको स्वास्थ्य परिक्षण, औषधि वितरणका साथै स्वास्थ्य सचेतना कार्यक्रमसमेत प्रदान गरिएको छ । विपद प्रभावितहरु आश्रय लिएर वसेको स्थानमा पुगेर स्वास्थ्यकर्मीहरुले रोग निगरानीका साथै स्वास्थ्य शिक्षा कार्यक्रम प्रदान गर्दै आएको जनस्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । कार्यालयको संयोजनमा प्रत्येक साता प्रभावितहरु रहेको नुवाकोटको अस्थायी आश्रयस्थल पुगेर रोग निगरानी र स्वास्थ्य शिक्षा कार्यक्रम सन्चालन भइरहेको कार्यालयकी प्रमुख डा. अन्जु कार्कीले जानाकरी दिइन् ।

उनका त्रिशूली अस्पताल, विभिन्न संघसंस्थाका स्वास्थ्यकर्मी र विश्व स्वास्थ्य संगठन का प्राविधिक सहयोगमा बाढी प्रभावितहरु अस्थायी बासोबास गरिरहेको स्थानमा पुगेर अस्थायी आश्रय÷टेन्टमा रहेका समुदायहरुलाई “श्वास प्रश्वास प्रणालीसंग सम्बंधित रोगहरू र सरसफाई” सम्बन्धि सचेतना कार्यक्रम तथा शिविर सञ्चालन गरिएको हो । यसवाट बाढी प्रभावितहरु लाभान्वित भएका छन् ।


सर्वाधिक रुचाइएको