चिनीया राजदूतद्वारा विद्यार्थीलाई छात्तवृत्ति

– बाढी प्रभावित बिद्यार्थीलाई हस्तान्तरण
लोकखवर विशेष संवाददाता
२०८३ मंसिर ६, शनिबार २३:४०

बिदुर – ल्हेन्देखोलावाट रसुवागढी हुदै भोटेकोशीवाट त्रिशूली नदीमा मिसिएको अकल्पनिय बाढीले नुवाकोटमा प्रभावित पारेका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको छ । अभिभावक गुमाएका वालवालिकाहरुलाई अध्ययनका लागि नुवाकोटको पिपलटारमा उक्त छात्रवृत्ति रकम प्रदान गरिएको हो । प्रलयकारी बाढीमा आफ्ना अभिभावक गुमाएका नुवाकोट र रसुवाका ९९ जना विद्यार्थीहरुलाइ जनही २० हजार रुपैयाको छात्रवृत्ती प्रदान गरिएको होे ।

बिदुर नगरपालिका ५ पिपलटारस्थित चन्द्रज्योती माविमा आयोजित कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्रालय र चिनियाँ दुतावास काठमाडौंको आयोजनामा बाढी पीडित बालबालिकाहरुलाई छात्रवृत्ती प्रदान गरिएको हो । कार्यक्रममा नेपालका लागि चीनिया राजदुत झाङ्ग माओमिङले विद्यार्थीहरुलाई छात्रवृत्ति वापतको रकम हस्तान्तरण गरे । उनले विपद तथा अन्य समयमा चीनले नेपालको शिक्षा, स्वास्थ्य, सामाजिक बिकास तथा परिवर्तनमा सहयोग गरिरहेको वताए ।

सहयोगलाई निरन्तरता दिई नेपालमा सामाजिक सहकार्यमा सदैव चीनले सा दिने राजदूत झाङ्ग माओमिङले वताए । राजदूत झाङ्ग माओमिङले उक्त विद्यालयको प्रशासनिक भवन, कक्षाकोठा, खेलमैदान, चमेनागृहलगायतको अवलोकन गरेर आवस्यक सहयोग गर्ने प्रतिवद्धता जनाएको विद्यालयले जनाएको छ ।

राजदूत झाङ्ग माओमिङले विद्यालयलाई प्रबिधिमैत्री बनाउनका लागि आवश्यक १० थान स्मार्ट बोर्ड सहयोग गर्ने, भवन निर्माण तथा मर्मत लगायतका विविध प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा बिदुर नपाका मेयर राजन श्रेष्ठ, उपमेयर प्रभा वोगटीलगायतका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।


सर्वाधिक रुचाइएको