सामूहिक गिरफ्तारीको माग गर्दै पत्रकारहरुको धर्ना
बिदुर – नेपाल पत्रकार महासङ्घ नुवाकोटले पत्रकारहरूको सामूहिक गिरफ्तारीको माग गर्दै वुधवार बिदुरमा धर्ना कार्यक्रम गरेको छ । जिल्ला प्रशासन कायाृलय नुवाकोट पुगेर पत्रकारहरुले सामूहिक रुपमा गिफ्तार गर्न चेतावनी दिदै एक घण्टा धर्ना दिएका हुन् । ‘पत्रकारलाई पटक पटक होइन, एकै पटक सामूहिक गिरफ्तार गर’ भन्ने नारासहित महासङ्घले सांढे ११ बजे जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको हो ।

प्रेस स्वतन्त्रताको पक्षमा महासंघ दृढ रहेको जनाउंदै नुवाकोटको विदुरमा विरोध प्रदर्शन गरिएको हो । प्रेस स्वतन्त्रता र पत्रकारको अधिकारमाथि भइरहेको हस्तक्षेपको विरोधमा नेपाल पत्रकार महासंघ नुवाकोटले जिल्ला प्रशासन कार्यालय अगाडि एक घण्टा धर्ना दिएको हो । पत्रकार तथा सञ्चारमाध्यममाथि भइरहेको धरपकड, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्ने प्रयासको विरोधमा महासंघले देशव्यापी आन्दोलनका क्रममा नुवाकोटमा धर्ना कार्यक्रम गरेको पत्रकार महासंघ नुवाकोटका अध्यक्ष रामहरि गजुरेलले वताए ।

महासंघको घोषित आन्दोलनअनुसा नुवाकोटका पत्रकारहरू कालो ब्यानरसहित जिल्ला प्रशासन कार्यालय पुगेका थिए । उनीहरूले ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने नारासहित धर्ना दिँदै विरोध प्रदर्शन गरेका हुन् । महासंघले प्रेस स्वतन्त्रताको संवैधानिक अधिकारको रक्षा, पत्रकारको पेसागत सुरक्षा तथा स्वतन्त्र रूपमा समाचार संकलन र सम्प्रेषण गर्न पाउने वातावरण सुनिश्चित गर्न माग गर्दै आएको छ । सामूहिक रूपमा गिरफ्तारी दिन तयार रहेको सन्देशसहित पत्रकारहरू प्रशासन कार्यालय नुवाकोट पुगेको कार्यक्रमले पत्रकारिता क्षेत्रमाथिको हस्तक्षेपविरुद्ध महासंघको विरोधलाई स्थानीय तहमा समेत निरन्तरता दिएको छ ।















































