बाढी प्रभावितका लागि घर निर्माण
बिदुर – ल्हेन्देखोलावाट रसुवागढीमा हुदै भोटेकोशीवाट त्रिशूली नदीमा मिसिएको अकल्पनिय बाढीले नुवाकोटमा घरहरु ध्वस्त पारेपछि पीडितहरुका लागि अस्थायी आवास निर्माण गरिएको छ । यसवाट पीडितहरुलाई राहत मिलेको छ । तारकेश्वर गाउंपालिकाको दर्शनटारमा योङ्ग कम्युनिष्ट लिग वाइसीएलले बाढी पीडितहरुका लागि अस्थायी आवास निर्माण गरिदिएको हो । तारकेश्वर गापा ४ दर्शनटारमा ६ घर निर्माण सम्पन्न गरिएको अध्यक्ष जलन गजुरेलले जानकारी दिए ।

उनका अनुसार पर्वहरुका कारण रोकिएको अस्थायी आवास निर्माण कार्य पर्वहरु सकिएलगत्तै पुनः निरन्तर अघि बढाइएको हो । बाढीग्रस्त त्रिशूली नदीपारि दर्शनटारमा थप ६ वटा अस्थायी आवास निर्माण सम्पन्न भएका छन् । सुरक्षित आवास, नयाँ आशा र पुनर्निर्माणको अभियान भन्ने नारासहित बाढी प्रभावित परिवारलाई सुरक्षित आवासको व्यवस्था गर्ने अभियानअन्तर्गत निर्माण कार्यलाई निरन्तरता दिइएको हो । तारकेश्वर गापाको दर्शनटार स्वारबस्तीमा बाढीले बिस्थापित परिवरालाई अस्थाई घर निर्माण गरिएको हो ।

यसवाट बिस्थापित परिवारलाई जाडोयाममा सहजता मिलेको छ । वाइसीएल नुवाकोट र वाइसीएल नेपालको केन्द्रीय टिमले अस्थाय िआवास निर्माण गरेको हो ।यसअघि नै वाइसीएल नेपालको संयोजनमा नुवाकोटको बेलकोटगढी ७ मा बाढी प्रभावितहरुका लागि अस्थायी आवास निर्माण गरि हस्तान्तरण गरिसकिएको छ । नुवाकोटको बिदुर र बेलकोटगढी नगरपालिकामा पीडितहरुलाई अस्थायी आवास निर्माण सम्पन्न भएको छ । बेलकोटगढी नपा ७ र ८ तथा बिदुर नपा ५ मा २० वटा अस्थायी घर निर्माण सम्पन्न गरिसकिएको वाइसीएल नुवाकोटका अध्यक्ष जलन गजुरेलले जानकारी दिए । उनले अस्थायी आवास निर्माणसंगै पुर्ननिर्माण र पुनस्र्थापनामा जुटिएकोे जानकारी दिए ।

उनका अनुसार वाइसिएल नेपालले अन्य स्थानमासमेत अस्थायी आवास निर्माणको काम गरिरहेकोे छ । नुवाकोटका बाढी प्रभावित क्षेत्रमा पुगेर क्षतिग्रस्त संरचना÷भग्नावशेष पन्छाउने, धनसामान उद्धार गरी सम्बन्धित धनीलाई हस्तान्तरण गर्ने काम गर्दै आएको वाइसिएल नेपाल नुवाकोटले जनाएको छ । गत भदौ १० गते वुधवार विहान १० वजे त्रिशूली नदीमा आएको विनासकारी बाढीले नुवाकोटको चार स्थानीय तहमा प्रभावित गरेको छ । बाढीले बिदुर र बेलकोटगढी नगरपालिका तथा तारकेश्वर र म्यागङ गापाका मानवयि तथा भौतिक क्षति गरेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।

ति स्थानीय तहहरुमा बाढीले दुईहजार आठसय ३१ घर क्षति भएको प्रशासकिय अधिकृत रुपेशप्रसाद नेपालले जानकारी दिए । उनका अनुसार जसमध्ये एकहजार आठसय ६० घर पूर्ण र एकसय सात घर आंशिक क्षति भएका छन् । विनाशकारी बाढीले नुवाकोट, रसुवा, धादिङ, गोरखा, चितवन र तनहुँका विभिन्न स्थानमा हजारौं घर, सयौं पुल, जलविद्युत, सडक, विद्यालयलगायतका विभिन्न संरचना बगाएर ध्वस्त पारेको थियो ।

बाढीले हजारौँ व्यक्ति हराइरहेका छन् भने लाखौँ व्यक्ति घरबारविहीन भएका छन् । वाइसीएल नेपालले बाढी पीडितहरुका लागि एकसय ५० वटा घर निर्माण गर्ने लक्ष्य लिएकोमा हालसम्म बेलकोटगढी नपा ७ र ८ महादेबफाट, ठुलोखोला, लामसोती, चनौटे नेपालटार, बिदुर नपा ५ देबीघाट, तारकेश्वर गापा ४ मा गरि जम्मा २६ वटा घरहरु निर्माण गरेको वाइसीएल नेपाल नुवाकोटले जनाएको छ । तारकेश्वर गापा र बिदुर नपाका प्रभाबित थप स्थानहरुमा पुनर्वासको अभियान संचालन गर्ने जनाइएको छ ।
















































