बिपदपछि कनेक्टिभीटिमा जुट्यो प्रदेश सरकार

– सडक, पुल, खानेपानीलगायतको निर्माण सुरु
लोकखवर विशेष संवाददाता
२०८३ मंसिर ९, मंगलवार २२:४५

बिदुर – ल्हेन्देखोलावाट रसुवागढी हुदै भोटेकोशीवाट त्रिशूली नदीमा मिसिएको अकल्पनिय बाढीले नुवाकोटमा ध्वस्त पारेका विभिन्न संरचनाहरुको पुर्ननिर्माण सुरु भएको छ । वागमति प्रदेश सरकारले कनेक्टिभीटिमा जोड दिदै विभिन्न संरचनाहरुको निर्माण सुरु गरेको छ । यसका लागि त्रिशूली बाढी प्रभावित नुवाकोटका जनप्रतिनिधि तथा बाढी प्रभावित नागरिकहरुको सरोकार समितिसहित बाग्मती प्रदेश सरकार बीच अन्र्तक्रियात्मक विशेष बैठक सम्पन्न भएको छ । तीनै तहका सरकारले बाढीपछिको पुर्ननिमाणको नीति बनाइनुपर्नेमा बाढी प्रभावितहरुले जोड दिएका छन् ।

विपदपछि आवतजावतमा जोड दिदै वैकल्पिक मार्गहरुको स्तरोन्नती वारीपारि गर्न तुइन, झोलुङ्गे पुल र जिपलाईन तत्काल निर्माण गर्ने वागमती प्रदेश सरकारले काम सुर गरेको अन्र्तक्रियाका क्रममा जानकारी दिएको छ । वागमति प्रदेश सरकारले विपद पछिको पुनर्निर्माणमा खर्च गर्न आफ्ना नियमित योजनाहरु कटौती गरी ६ अर्ब छुट्याएको छ । उक्त कार्यक्रममा वागमति प्रदेशका पुर्व मुख्यमन्त्री वहादुरसिंह लामातामाङले बाढी प्भावितहरुलाई तीन महिनामासमेत पुर्नस्थापना तथा पुर्नवासको विषयमा कुनै पनि ठोस निर्णय नआएकाले जाडोयाम आइसकेका कारण छिटो पुर्नस्थापनाको कार्य अगाडि सार्नुपर्नेमा जोड दिए । उनले बाढी प्रभावितहरुलाई अग्राधिकारसहितको पुर्नसथापना आवस्यक रहेको पनि वताए ।

प्रदेश सरकारले सडक, खानेपानी, सिचाइ नुवाकोट र रसुवामा २ वटा बेलिव्रिज निर्माण, विदुर नपाभित्र ३ वटा झोलुङ्गे पुल निर्माण गर्ने गरी कार्य अघि बढाएको जानकारी दिएको बिदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले जानकारी दिए । उनले विपदमा प्रभावितहरुको पुर्नस्थापनामा समन्वायात्मक रुपमा काम गर्न स्थानीय सरकार तयार रहेको प्रतिबद्धता पनि व्यक्त गरेका छन् । भोटेकोशी त्रिशूली बाढी पीडित सरोकार समिति तथा स्थानीय तहका जनप्रतिनिधिवीच पनि प्रभावितको आवाज, माग र तत्काल गर्नु पर्ने कार्यको बिषयमा अन्तरक्रिया गरिएको छ । बाढी प्रभावितको मागको सम्बन्धमा बिदुर नपा सधै सकारात्मक रहेको र प्रभावितको जायज माग पुरा गर्न सधै आफु र बिदुर नपा सकारात्मक रहेको बिदुर नपाका मेयर राजन श्रेष्ठले प्रतिबद्दता जनाएका छन् ।

वागमती प्रदेश सरकारको आयोजना तथा मुख्यमन्त्री किरण थापामगरको नेतृत्वमा प्रदेश सरकारका मन्त्रीहरु, प्रमुख सचिब र विभिन्न मन्त्रालयका सचिवहरुको उपस्थितिमा बाढी पीडितहरुको सन्दर्भमा पुर्नस्थापनाको विषयमा छलफल भएको छ । बाढीले विशेष गरि नुवाकोट, रसुवा, धादिङ जिल्ला प्रभावित वनाएको छ ।
यसैवीच, भोटेकोशी–त्रिशूली बाढीपीडित सरोकार समिति नुवाकोटले मंगलवार विभिन्न राष्ट्रिय सरोकारवाला निकायमा प्रभावितहरुको पुर्नस्थापनालगायतका विषयमा ज्ञापनपत्र वुझाएको छ ।

समितिका संयोजक सूर्यवहादुर कडेलको टोलीले बिदुरमा राष्ट्रिय सभाअन्तर्गतको ’भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद सम्बन्धि अध्ययन तथा अनुगमन संसदीय विशेष समिति’ र नुवाकोटबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गरेका सांसदमा छुट्टाछुट्टै ज्ञापनपत्र वुझाएको हो । टोलीले विपद सम्बन्धि अध्ययन तथा अनुगमन संसदीय विशेष समितिका सभापति कृष्णप्रसाद पौडेल र नुवाकोटबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गरेका तथा (सोही समितिका सदस्य) सांसद श्रीकृष्णप्रसाद अधिकारीलाईे मागपत्र बुझाएको हो । बाढीले नुवाकोटको बिदुर र बेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउंपालिका प्रभावित वनाएको छ ।


सर्वाधिक रुचाइएको