पहिरो प्रभावितलाई आर्थिक सहयोग
बिदुर – अविरल वर्षात् कारण तीन महिना अगाडि आएको पहिरोका कारण नुवाकोटको पन्चकन्या गाउंपालिकामा प्रभावित भएकाहरुलाई सहयोगार्थ आर्थिक सहयोग प्राप्त भएको छ । महिला सहकारीले गापामार्फत आर्थिक सहयोग हस्तान्तरण गरेकोे छ । गत भदौ ४ र ५ गते परेको अविरल वर्षातका कारण पञ्चकन्या गापामा गएको पहिरोबाट प्रभावितहरुको लागि राहत प्राप्त हुने क्रम जारी रहेको छ ।

सोहि क्रममा पञ्चकन्या गापा ४ स्थित थप्रेक पञ्चकन्या महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडले पहिरो पीडितहरुको लागि आर्थिक सहयोग गरेको छ । उक्त महिला सहकारीको तर्फबाट नगद ३३ हजार ३ सय ३३ रुपैया संकलन गरि गापामार्फत हस्तान्तरण गरेका छन् । महिला सहकारीका पदाधिकारी तथा प्रतिनिधिले संकलित रकम पन्चकन्या गापा अध्यक्ष तेजबहादुर तामाङ रमेश, उपाध्यक्ष विमला पाठकेसी, प्रमुख प्रशासकीय अधिकृत हिराधन राई तथा कर्मचारीहरु समक्ष हस्तान्तरण गरिएको छ ।












































