बाढीले क्षतिग्रस्त खानेपानी पुर्ननिर्माणको योजना

– बिपद प्रतिकार्य योजना सन्चालन
लोकखबर
२०८३ मंसिर ११, बिहीबार १३:१०

बिदुर  – तीन महिना अगाडिको प्रलयकारी बाढीले क्षतिग्रस्त पारेको नुवाकोटको बिदुर खानेपानी आयोजनाको पुनर्निर्माण तयारी अगाडि वढाइएको छ । विपद प्रतिकार्य योजना अन्र्तगत उक्त कार्य सन्चालन गरिएको हो । नुवाकोटको सदरमुकाम बिदुरस्थित महत्वपूर्ण योजनाका रूपमा रहेको विदुर खानेपानी आयोजनाको पुनर्निर्माण प्रक्रिया अघि बढाइने भएको छ ।

सदरमुकाम बिदुरवासीको ५ हजार सदस्य संख्या रहेको उक्त पिउने पानी योजनाका लागि नेपाल रेडक्रस सोसाइटी नुवाकोटमार्फत बिदुरमा फलाखुखोला मुहानबाट सञ्चालन हुँदै आएको उक्त खानेपानी आयोजनाको बाढीका कारण क्षतिग्रस्त ७ दशमलव ५ किलोमिटर पाइपलाइनलगायत संरचनाको पुनर्निर्माण गर्न कार्यको प्रक्रिया सुरु गरिएको रेडक्रस नुवाकोटका सभापति हरि श्रेष्ठले जानकारी दिए । उनका अनुसार रेडक्रस सोसाइटी नुवाकोट, विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था र विदुर नगरपालिका १० को संयुक्त बैठक बसेर पुनर्निर्माणका लागि आवश्यक सर्वेक्षणलगायतका विषयमा सहमति भएको छ ।

सहमतिअनुसार रेडक्रसले तत्काल आवश्यक प्रक्रिया अघि बढाउने भएको छ । यहि मंसिर १० गते विहीवारदेखि सर्वेक्षणका लागि संयुक्त टोली परिचालन हुनेछ । विदुर नगरपालिकासँग भएको समझदारीपत्र, विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थासँगको सहकार्य तथा रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघको सहयोगमा आयोजना पुनर्निर्माण गरिने वडाध्यक्ष गणेशकुमार नेपालको भनाई छ ।

रेडक्रसले नुवाकोटमा विनासकारी बाढीपछिको प्रतिकार्यअन्तर्गत विभिन्न मानवीय सेवा तथा राहतका कार्यलाई निरन्तरता दिँदै आएको छ । खानेपानीजस्तो आधारभूत सेवा पुनः सञ्चालनका लागि अघि बढाइएको यस पहलले प्रभावित नागरिकलाई विशेष राहत पुग्ने संस्थाका अध्यक्ष सन्जिववहादुर श्रेष्ठले वताए । उनका अनुसार वुधवार यसैक्रममा रेडक्रस नुवाकोट, विदुर खानेपानी र विदुर नपा १० बीच संयुक्त बैठक बसेर पुनर्निर्माणका लागि आवश्यक सर्वेक्षणलगायतका विषयमा सहमति भएको छ । पिउनेपानीजस्तो अनिवार्य आधारभूत सेवा पुनः सञ्चालनका लागि अघि बढाइएको उक्त पहलले प्रभावित नागरिकलाई सहजीकरण हुने जनाइएको छ ।

 

 


सर्वाधिक रुचाइएको