बिदुरका बिद्यालय आइतवार खुल्ने
– बाढीका कारण पठनपाठन प्रभावित
बिदुर – नुवाकोटको बिदुर नगरपालिका भित्रका बिद्यालयमा आइतबार पठनपाठन नियमित हुने भएको छ । लामो समयदेखि आइतवार विद्यालयमा पठनपाठन नभएको अवस्थामा पाठ्यक्रममा सहजताका लागि अवदृखि आइतवार पनि नियमित पठनपाठन हुने भएको हो ।
ल्हेन्देखोलावाट रसुवागढी हुदै भोटेकोशीवाट त्रिशूली नदीमा मिसिएको अकल्पनिय बाढीले गत भदौ १० गते पारेको प्रभाव र सिकाई उपलब्धिमा पुगेको क्षति सन्तुलनका लागि आइतबार पठपाठनका लागि नियमित कक्षा संचालनको लागी बिदुर नपाले विद्यालयहरुका नाममा सूचना जारी गरेको हो । यसअघि नगरभित्रका बिद्यालयका प्रधानाध्यापकहरुको बैठकले आइतबार कक्षा संचालनको लागि नगरपालिका समक्ष माग राखेको जारी पत्रमा उल्लेख गरिएको छ ।











































