सामूदायिक स्वास्थ्य स्वंसेविका अभिमुखिकरण
बिदुर – जाडो मौसमको सुरुवातसँगै देखिन सक्ने स्वास्थ्य जोखिमबारे समुदायमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नुवाकोटमा बाढी प्रभावित क्षेत्रमा रहेका स्वास्थय स्वयंसेविकाहरूलाई अभिमुखिकरण सञ्चालन गरिएको छ । अभिमुखीकरणमा चिसोका कारण हुन सक्ने सम्भावित स्वास्थ्य समस्याहरू, त्यसबाट बच्ने तरिका तथा रोकथामका उपायहरूबारे जानकारी प्रदान गरिएको थियो ।

नेपाल रेडक्रस सोसाइटी नुवाकोटको आयोजनामा बाढी प्रभावित समुदायमा कार्यरत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूका लागि सन्चालित अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । बाढीपछि नुवाकोटका विभिन्न स्थानमा अस्थायी बसोबास गरिरहेका समुदायको स्वास्थ्य अवस्थाको निगरानीका लागि नेपाल रेडक्रसका स्वयंसेवकहरू निरन्तर परिचालित भइरहेको रेडक्रस नुवाकोटका सभापति हरि श्रेष्ठले जाकनारी दिएका छन् ।

जनस्वास्थ्य कार्यालय नुवाकोटको समन्वय र अनुरोधमा परिचालित स्वयंसेवकहरूले अस्थायी आश्रयस्थलमा बसोबास गरिरहेका नागरिकको स्वास्थ्य परिक्षण, बिरामीलाई आवश्यकताअनुसार स्वास्थ्य संस्थामा जान सुझाव दिने तथा पु¥याउने, उपचारपछिको अवस्थाबारे जानकारी लिने, एम्बुलेन्स सेवाका लागि सहजीकरण गर्ने र समयमै सूचना तथा प्रतिवेदन गर्ने कार्य गर्दै आएका छन् । स्वास्थ्य सेवाको पहुँच र निगरानीमा महत्वपूर्ण योगदान पु¥याएको जनस्वास्थ्य कार्यालय नुवाकोटले स्वयंसेवकहरूलाई उत्साहित वनाएको छ ।











































