दुई विद्यालयमा शैक्षिक सामग्री
– बिद्यार्थीहरु अध्ययनमा उत्साहित
बिदुर – बिद्यार्थीहरुलाई अध्यनप्रति उत्साहित गराउने उद्धेश्यले नुवाकोटको बिदुर नगरपालिकाभित्रका दुई वटा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरु उपलव्ध गराइएको छ । यसवाट विद्यार्थीहरु अध्ययनप्रति उत्साहित भएका छन् ।

बिदुर नगरपालिका – १३ मानेडांडास्थित बागेश्वरी आधारभुत विद्यालयका १६ र बिदुर नपा १० दारेगौडास्थित महाकाली आबिका २३ जना विद्यार्थीहरुलाई स्टेशनरी सामाग्रीहरुका साथै एक/एक थान झोलासमेत वितरण गरिएको हो । युनिभर्षल लभद्वारा बाढीबाट प्रभावित वालवालिकाहरुलाई विद्यालयमै पुगेर उक्त शैक्षिक सामग्रीहरु हस्तान्तरण गरिएको शिक्षाप्रेमी गोकर्ण रोक्काले जानकारी दिए ।




















































