बाढी प्रभावित ज्येष्ठ नागरिकलाई न्यानो
– वृद्ध वृद्धाहरुलाई भोजन
बिदुर – बाढी प्रभावित जेष्ठ नागरिकहरूलाई नुवाकोटको लामिवगैचामा न्यानो सामग्री प्रदान गरिएको छ । ज्येष्ठ नागरिक वृद्ध वृद्धाहरुलाई भोजनका लागि नगदसमेत प्रदान गरिएको छ । बिदुर नगरपालिका ५ लामिवगैचास्थित देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा आश्रित वृद्धवृद्धाहरुलाई शुक्रवार सम्मान स्वरुप न्यानो कपडा प्रदान गरिएको हो ।

युवा सामाजिक अगुवा रोशन नेपालको सहयोगमा वृद्धवृद्धाहरुलाई २९ थान न्यानो कपडा (थर्मोकोट) हस्तान्तरण गरिएको हो । यसका साथै उक्त प्रतिष्ठानको आश्रममा वसिरहेका वृद्ध वृद्धा बाआमाहरुको भोजनका लागि आर्थिक सहयोग प्राप्त भएको छ । बिदुर नपा ८ का युवा सामाजिक अगुवा सुदीप श्रेष्ठले वृद्ध वृद्धाहरुको खाना ब्यबस्थापनका लागि एकमुष्ठ नगद १० हजार रुपैया आर्थिक सहयोग गरेको प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद नेपालले जानकारी दिए ।



















































