दुर्घटनामा ६ महिलासहित १२ जना घाइते

– घाइतेको उपचार जारी
लोकखवर विशेष संवाददाता
२०८३ मंसिर १२, शुक्रबार २१:४३

बिदुर – नुवाकोटको पुर्वी भेगमा रहेको शिवपुरीमा शुक्रवार यात्रुवाहक गाडी दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा ६ महिलासहित १२ जना घाइते भएका छन् ।  सदरमुकाम बिदुरदेखि ५० किलोमिटर पुर्वमा रहेको शिवपुरी गाउँपालिका–५ आलडाँडामा टाटासुमो गाडी दुर्घटनाग्रस्त हुँदा दुई बालबालिकासहित १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको  छ ।

गुर्जेभन्ज्याङ–दुप्चेश्वर भित्री सडकखण्डअन्तर्गत आलडाँडामा मानेभञ्ज्याङबाट काठमाडौं जाँदै गरेको ना१ज ४३७५ नम्बरको टाटासुमो गाडी अनियन्त्रित भई पल्टिदा १२ जना घाइते भएको प्रहरी नायव उपरिक्षक इकवाल हवारीले जानकारी दिए । उनका अनुसार उक्त टाटासुमो अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटनाग्रस्त हुदा उक्त गाडीमा यात्रारत मानिसहरु घाईते भई उपचारको लागी कठमाडौ पठाइएको हो ।  उनीहरुको उपचार जारी रहेको छ । दुर्घटनाग्रस्त टाटासुमो गाडी  घटनास्थलमा रहेको छ ।

दुर्घटनामा टाटासुमो चालक नुवाकोटको दुप्चेश्वर गापा ४ का २३ वर्षिय आकाश तामाङ, सोही स्थानकी ३० वर्षिया सुस्मिता तामाङ, सोही स्थानका ७ वर्षिय अनिश तामाङ, सोही स्थानका २३ वर्षिय शिव तामाङ र सोही स्थानका  २६ वर्षिय पासाङ तामाङ घाइते भएको प्रहरीले जनाएको छ ।  सोही दुर्घटनामा दुप्चेश्वर गापा ४ की २४ वर्षिया सुस्मिता तामाङ, उनको छोरा  २ वर्षिय शहिल तामाङ, सोही स्थानका २० वर्षिय कर्मा तामाङ, २० वर्षिया  बिनिता तामाङ, ३२ वर्षिया अन्जना तामाङ, ३९ वर्षिया माया तामाङ र काठमाडौ गोकर्णेश्वर नपा ४ का ३४ वर्षिय बलराम श्रेष्ठ घाइते भएको डिएसपि हवारीले जानकारी दिए ।

दुर्घटनालगत्तै स्थानीयवासी, जनप्रतिनिधि तथा सुरक्षाकर्मीले उद्धार गरेका हुन् ।  उक्त टाटासुमो दुर्घटनामा चालकसहित १२ जना घाइते भएका हुन् । जसमध्ये दुई जना वालवालिका र ६ जना महिला रहेका छन् ।   घाइते सबैलाई उद्धार गरि उपचारका लागि काठमाडौं पठाइएको नुवाकोट प्रहरीले जनाएको छ । उक्त दुर्घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ भने दुर्घटनास्थल शेराबगरस्थित प्रहरी चौकीबाट११ किलोमिटर उत्तरमा पर्दछ ।


सर्वाधिक रुचाइएको