बिद्यालयमा पिउने पानीको उपकरण

– दुई विद्यालयलाई हस्तान्तरण
लोकखबर
२०८३ मंसिर १३, शनिबार २१:५६

बिदुर – विद्यालयमा सुरक्षित खानेपानीको व्यवस्थाका लागि नुवाकोटको दुई सामुदायिक विद्यालयमा पिउने पानीको उपकरण जडान गरिएको छ । यसवाट शिक्षक, विद्यार्थीलाई पिउने पानीका लागि सहजता भएको छ । विदुर नगरपालिका ५ स्थित दुई सामुदायिक विद्यालयमा खानेपानी शुद्धीकरणका लागि फिल्टर जडान तथा हस्तान्तरण गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटीले सामुदायिक खानेपानी शुद्धीकरणका लागि उपलब्ध गराएका फिल्टर जडान तथा हस्तान्तरण गरिएको हो । स्थानीय च्वाडी पब्लिक मावि र रक्तकाली आधारभूत विद्यालयका प्रधानाध्यापक तथा सम्बन्धित कर्मचारीहरूलाई विद्यालयमा कार्यक्रमकावीच वडाध्यक्ष लीलानाथ न्यौपानेले फिल्टर हस्तान्तरण गरे ।

उनले फिल्टरले दुवै विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई स्वच्छ, सुरक्षित र शुद्ध खानेपानीको पहुँचमा सहजता पुग्ने अपेक्षा गरिएको वताए । स्वच्छ पानी, स्वस्थ जीवन भन्ने मुल मर्मका साथ विदुर नपा ५ का वडा अध्यक्ष लीलानाथ न्यौपानेको समन्वय तथा पहलमा रेडक्रसले फिल्टर उपलव्ध गराएको हो ।

 


सर्वाधिक रुचाइएको