बाहुबली निर्देशक राजामौली र परिवारमा कोरोना पोजेटिभ

मकवानपुर । फिल्म ‘बाहुबली’ निर्देशक एसएस राजामौली र उनको परिवारमा कोरोना भाइरसको संक्रमण भएको छ । राजामौलीले ट्वीट गरेर यसबारेमा जानकारी दिएका हुन् ।
राजामौलीले केही दिनअघि सञ्चो नभएको र कोरोना परीक्षण गर्दा पोजेटिभ भएको बताएका छन् ।
डाक्टरको सल्लाहअनुसार सबै परिवार घरमै क्वारेन्टिनमा बसेको राजामौलीले जनाएका छन् । राजामौली हैदराबादमा आफ्नी पत्नी रामा राजामौली र छोरी एसएस मयुखासँग बस्दै आएका छन् ।
खबरहब डटकमबाट