कोरोना संक्रमितले जन्माइन् शिशु

लोकखबर
१६ श्रावण २०७७, शुक्रबार ११:२१

मकवानपुर । नारायणी अस्पतालमा एक जना कोरोना संक्रमित महिलाले शिशुको जन्म दिएकी छन् ।

पर्साको छप्कैया- १ की ३१ वर्षकी कोरोना संक्रमित महिलाले शीशुको जन्म दिएकी हुन् । उनी संक्रमित भए पनि सफलतापूर्वक सुत्केरी गराइएको नारायणी अस्पतालका डा.निरज सिंहले जानकारी दिए ।

डा.सिंहका अनुसार ती महिलाको आज बिहान ४ बजेर १० मिनेटमा शिशुको जन्म दिएकी थिइन् । हाल आमा र शिशु दुबैको अवस्था सामान्य रहेको बताइएको छ।खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*