सुशान्तका पिताका वकिलको दाबी: मुम्बई प्रहरीले रिया चक्रवर्तीलाई सहयोग गर्यो
मकवानपुर । भारतीय अभिनेता सुशान्त सिंह राजपूतका पिताले अभिनेत्री रिया चक्रवर्तीका कारण आफ्नो छोराले आत्महत्या गरेको भन्दै उजुरी दिएका छन् ।
उक्त केश उनले पटनाबाट मुम्बई सार्न भन्दै अदालतमा याचिका दायर गराएकी छिन् । सुशान्तका पिताका वकिल विकास सिंहले भने मुम्बई प्रहरीले रियालाई मद्दत गरेको आरोप लगाएका छन् ।
उनले एक समाचार एजेन्सीसँग कुरा गर्दै भने – उन(रिया) ले सुप्रीम कोर्टमा याचिका दिइन् । जबकि, सीबीआई जाँचका लागि याचिका दायर गर्नुपर्ने थियो ।
एफआईआर पटनामा दर्ता भएको तर रियाले मुम्बई प्रहरीलाई अनुसन्धान गर्न याचिका दर्ता गराएकोप्रति आपत्ति जनाएका छन् । उनले भनेका छन् – प्रहरीले मद्दत गरेको योभन्दा ठूलो सबूत अरु के हुन्छ?
उनका अनुसार सुशान्तले आत्महत्या गर्नुभन्दा ४ महिना पहिले रियाविरुद्ध उजुरी दिएका थिए । उक्त उजुरीमा दाबी गरिएको थियो कि, सुशान्त केही गलत मान्छेसँग थिए, जसले गर्दा उनलाई ठूलो घाटा हुनसक्छ ।
ती वकिलले मुम्बई प्रहरीले एफआईआर दर्ता गर्न नमानेको समेत बताएका छन् ।
सुशान्तले गत १४ जुनमा आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका थिए । उनको आत्महत्यापछि प्रहरीले अनुसन्धान थालेको छ ।खबरहब डटकमबाट