माक्सको प्रयोग अनिवार्य

लोकखबर
१६ श्रावण २०७७, शुक्रबार १५:४०

मकवानपुर ।माक्सको प्रयोग अनिवार्य गरौँ कोरोना मुक्त समाजको निर्माण गरौँ भन्दै सवारी साधानका चालक , सहचालक र यात्रुहरुलाई माक्स वितरण गरिएको छ । सामुदायिक प्रहरी सेवा उपकेन्द्र हेटौडां –१० बसपार्कको आयोजनामा माक्स वितरण गरिएको हो । सवारी साधानका चालक , सहचालक र यात्रुहरुलाई माक्स वितरण गरि सामुदायिक प्रहरी सेवा उपकेन्द्र हेटौंडा १० का अध्यक्ष प्रदिप कडेलले कार्यक्रमको शुरुवात गरेका थिए । कार्यक्र्रममा करिब ५५० वता माक्स वितरण गरिएको सा. प.से.उ. हेटौंडा १० ले जनाएको छ । सवारी साधान चालक , सहचाक र यात्रुहरुले अनिवनर्य माक्स लगाउनु पर्ने र यात्रुहरु गाडिमा प्रवेश गर्नु अघि सेनिटाइजरको प्रयोग गर्नुपर्ने र बेला बेलामा गाडि पनि सेनिटाइज गनुपर्ने सन्देश कार्यक्र्रम मार्फत सबैमा दिएका सा.प्र.से.उ. हेटौंडा १० बस पार्कका अध्यक्ष कडेलले बताए । कार्यक्र्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरले आत्महत्या रोकथान सम्बन्धि अन्तरकृयात्मक सचेतना मुलक कायक्र्रम गरेको थियो । कार्यक्र्रममा जिल्ला प्रहरी कार्यालय , जिल्ला ट्राफिक कार्यालय , ससस्त्र प्रहरी आई . आर . पी . का प्रतिनिधिहरु र जनप्रतिनिधि इन्द्र नेपाल, धर्म बस्नेत , साधना श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*