सरस्वती आधारभूत विद्यालय अध्यक्षमा प्रेम

मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३,देवीडाँडामा रहेको सरस्वती आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्षमा प्रेमप्रसाद दहाल चयन भएका छन् ।
विद्यालयको २५ औं अभिभावक भेलाबाट दाहालको अध्यक्षतामा ९ सदस्यीय विद्यालय व्यवस्थापन समिति चयन भएको हो ।
समितिको सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक विष्णु सापकोटा रहेका छन् भने सदस्यहरुमा शान्तिमाया भ्लोन, चन्द्रकुमारी सुनुवार, रुकु ढुंगाना, भोलानाथ दहाल, नारायणी लामिछाने रहेका छन् । सदस्यमा वडा प्रतिनिधी मकवानपुरगढी ३ का वडा सदस्य सरिता सापकोटा, शिक्षक प्रतिनिधीमा सिताराम न्यौपाने रहेका छन् ।