बारामा आजदेखि अनिश्चितकालीन निषेधाज्ञा

लोकखबर
१८ श्रावण २०७७, आईतवार ११:३९

मकवानपुर ।बारामा आज बिहान ५ बजेदेखि पुनः निषेधाज्ञा जारी गरिएको छ ।

छिमेकी जिल्ला पर्साको वीरगञ्जमा जनप्रतिनिधी, सांसद लगायत समुदायस्तरमा नै कोरोना भाईरसको संक्रमण फैलिएसंगै बारामा पनि संक्रमित बढेका छन् ।

संक्रमणले भयावह रूप लिन सक्ने भन्दै जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकले आज बिहानदेखि अर्को सूचना नभइन्जेलसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

अत्यावश्यक काम बाहेक कोही पनि नागरिक भेला हुन तथा घर बाहिर निस्कन नहुने, पर्सा तथा बारा जिल्ला जोड्ने हुलाकी लोकमार्गमा पर्ने सबै स्थानीय तह, कलैया बजार क्षेत्र, पथलैया-बीरगञ्ज औद्योगिक कोरिडोरमा पर्ने जीतपुर, सिमरा, पथलैया, परवानीपुर, नितनपुर, निजगढ, कोल्हवी, सिम्रौनगढ, वरियारपुर लगायत अत्याधिक भिडभाड हुने तथा हाट बजार लाग्ने ग्रामीण क्षेत्रहरु अर्को निर्देशन जारी नभए सम्म पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको छ । खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*