गण्डकी प्रदेशमा थपिए २० कोरोना संक्रमित

लोकखबर
१८ श्रावण २०७७, आईतवार १२:०१

मकवानपुर ।गण्डकी प्रदेशमा आइतबार थप २० जनामा कोरोना पुष्टि भएको छ ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले आइतबार बिहान दिएको अपडेट अनुसार प्रदेशका ५ जिल्लाका थप २० जनामा कोरोना पोजेटिभ देखिएको हो ।

नयाँ संक्रमितहरु तनहुँका २ जना, कास्कीका ६ जना, बाग्लुङका एक जना, लमजुङका ३ जना र स्याङजाका ८ जना रहेका छन् ।

नयाँ संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

गण्डकी प्रदेशमा अहिलेसम्म एक हजार २४५ जना ठिक भएर डिस्चार्ज भएका छन् भने प्रदेशमा अहिलेसम्म कुल संक्रमितको संख्या १ हजार ५०५ पुगेको छ । खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*