मास्क प्रयोग नगर्नेलाई कारवाही

लोकखबर
२०७७ श्रावण १८, आईतवार १२:१६

मकवानपुर । मास्क प्रयोग नगरी हिँडडुल गर्ने ३३० जनालाई तनहुँ प्रहरीले कारवाही गरेको छ ।

बुधबारदेखि शनिबारसम्म मास्क नलगाउनेहरूबाट ३३ हजार रूपैयाँ राजश्व पनि सङ्कलन भएको छ । प्रहरीले शनिबार १००, शुक्रबार ५८, बिहीबार ७२ र बुधबार १०० जनालाई कारवाही गरेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

‘जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले पहिलो चरणमा मास्क प्रयोगका लागि सचेतना कार्यक्रम सञ्चालन गरेको थियो’, उनले भने, ‘तर उक्त अनुरोधलाई कार्यान्वयन नगरेको पाइएपछि कारवाही गर्ने अभियान शुरु गरेका छौँ ।’ उनका अनुसार कारवाहीमा परेकालाई कोरोना भाइरसबारेमा पूर्णरूपमा जानकारीसमेत गराइएको छ ।

खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको