बालुवाटारमा ओली-प्रचण्डसहित चार नेताको छलफल सकियो

लोकखबर
१८ श्रावण २०७७, आईतवार १३:५६

मकवानपुर ।नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरूको छलफल सकिएको छ ।

गत मङ्गलबारको बहुमत स्थायी कमिटी सदस्यको बैठकपछिको संवादहीनता तोड्दै दुई अध्यक्ष साक्षीसहित छलफलमा जुटेका हुन् ।

छलफल सकारात्मक रहे पनि बैठकको प्रगतिबारे केही नखुलेको निकटवर्ती नेताहरू बताउँछन् ।

आजको बैठकमा साक्षी फेरिएका थिए । ओली र प्रचण्डका अतिरिक्त छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी थिए । बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*