माछा बेचेरै वर्षमा ६० लाख आम्दानि
मकवानपुर । आफ्नो पेसाप्रति इमान्दारिता पूर्वक समर्पित भएर निरन्तर लागि पर्नेको नै जिवन रमाइलो हुन्छ । पेसा सानो वा ठुलो हुँदैन कर्म गर्नुपर्छ, फल अवश्य मिल्छ ।यस्तै उदारणका पात्र हुन् रौतहट जिल्लाका सनि कुमार । १९ र्विर्षय कुमार हेटौंडा १० बसपार्कको व्यवसायिक भवनमा माछा बेच्ने काम गर्छन् । उनका दाजुले करिब २० वर्षदेखि माछा बेच्ने काम गर्दै आएका छन् । हेटौंडा उपमहानगरपालिकाले बनाइ दिएको व्यवसायिक भवन जो चाँहि माछा मासु व्यवसायिक संघ मकवानपुरको मातहतमा चल्छ ।त्यँहा “राजु फिस सप्लार्यस ” बाट माछा बेच्ने काम गर्छन उनका दाई राजु कुमार । उनका दाईलाई पालो दिन्छन ् उनका कान्छो भाई र सनि कुमार । सप्लार्यसमा बिगहेड, छरी , चुच्चेबाम,रहु, शरह, कमनकार्फ , जनकपुर नामक माछाहरु पाइन्छ । अरु बेलामा सनि पसलको हैन पोखरीबाट माछा ल्याएर दाजुलाई सप्लार्यसमा बेच्न सघाउछन् ।उनको भाईले पनि यस काममा सघाउछन सनिलाई । उनिहरुका हेटौंडाको थानाभ¥याङ, हाँडीखोला , सिमेन्ट फ्याक्ट्री लामसुरेमा माछा पोखरी छ र पोखरीमा १५ कुइन्टल सम्म माछा हुर्काएका छन् । दिनमा २ कुइन्टल सम्म माछा बिक्री हुन्छ बसपार्कबाट । होटलहरु , पार्टिप्यालेसहरु तिर पनि जान्छ हाम्रो माछा र खुद्र व्यपार पनि राम्रो हुन्छ सनि बताउँछन् । सनिका अनुसार खर्च सबै कटाएर महिनामा ५ लाख रुपैयाँ जति कमाइ हुन्छ । अधिकांस माछा मकवानपुरको विभिन्न ठाँउहरु जस्तौ –कुलेखानी , राप्ती खोला , माछा प्लान पिप्ले , हाँडी खोलाबाट बिहान माछा आउँछ। अरु बेलामा थानाभ¥याङ , सिमेट फ्याक्ट्री , लाम सुरे लगायत ् आफ्नै पोखरीहरुबाट आउँछ माछा ।
यसरी माछा बेच्दा हामीलाई राम्रो आम्दानि छ । घर पनि यो व्यवसायबाट राम्रै चलेको छ सनिले बताए । मेहनत गरेर निरन्तर इमान्दारिता पूर्वक पेसामा समर्पित् हुन सक्यो भने यूवा शक्ति बिदेश पलायन हुनु पर्दैन सनिको आशय बुद्मन सकिन्छ ।वर्षमा ६० लाख विदेश गएर पनि कमाइ हुन्छ कि हुदैन तर माछाले त्यो आम्दानि नेपालमै दिएको सनिले विश्वास दिलाए ।