बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ

लोकखबर
२० श्रावण २०७७, मंगलवार १०:५७

मकवानपुर । गोरखामा बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् ।

जिल्लाको पालुङटार नगरपालिका–४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाटलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

आफ्नै वडाभित्रकी एक १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा अनुसन्धानका लागि वडाध्यक्ष रानाभाटलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पीडित बालिकाका आफन्तले दिएको उजुरीका आधारमा उनलाई हाँलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*