कोसी अस्पतालमा कारोनासँग मिल्दो लक्षण देखिएका पुरुषको मृत्यु
मकवानपुर । कोभिड १९ संक्रमणको आशंकामा कोसी अस्पतालमा भर्ना गर्नै लाग्दा उदयपुरका एक व्यक्तिको मृत्यु भएको छ ।
अस्पतालको आइसोलेसनमा भर्नाका लागि ल्याइएका उदयपुरको बेलका नगरपालिका १ का ५५ वर्षीय वेदप्रसाद न्यौपानेको मंगलबार बिहान मृत्यु भएको हो ।
कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले मृतकमा कोरोनाको आशंका गरिएको र लक्षणसमेत मिल्दोजुल्दो देखिएको जानकारी दिए । स्वाब परीक्षणपछि मात्र शवको व्यवस्थापनको काम हुने दासले बताए ।
न्यौपानेले गएरति उच्च ज्वरोको समस्या भएपछि विराट मेडिकल कलेज टंकीसिनवरीमा ल्याइएको थियो तर त्यहाँबाट कोसी पठाइएको थियो । आइसोलेसनमा भर्ना गर्न लाग्दा बिहान १ बजे उनको मृत्यु भएको हो । ज्वरो आउने, रिँगाटा चल्ने, वाकवाकी लाग्ने, श्वास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिएको चिकित्सकले बताएका छन् ।
कोरोनाकै कारण सोमबार विराटनगर ५ का ७७ वर्षीयको कोसी अस्पतालमै मृत्यु भएको थियो । बाह्रखरी डटकमबाट