कतारबाट आज २९९ नेपाली फर्किए

लोकखबर
२० श्रावण २०७७, मंगलवार १२:३८

मकवानपुर । कतारको दोहाबाट आज (मंगलबार) बिहान २९९ नेपाली स्वदेश फर्किएका छन् । कोरोना संक्रमणको जोखिम बढेसँगै तत्काल स्वदेश फर्कनैपर्ने अवस्थाका नेपालीहरू उद्धार उडानमार्फत नेपाल फर्किएका हुन् ।

हिमालय एयरलाइन्सको चार्टर्ड उडानमार्फत १४९ र नेपाल एयरलाइन्समार्फत १५० नेपाली स्वदेश फर्किएका हुन् । हालसम्म कतारबाट स्वदेश फर्कनेको संख्या पाँच हजार ६ सय ११ जना रहेको कोभिड–१९, संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले जनाएको छ ।

सरकारले ‘कोभिड–१९ को विश्वव्यापी संक्रमणका कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका नेपालीको उद्धार गरी स्वदेश फिर्ता गर्नेसम्बन्धी निर्देशिका २०७७’ स्वीकृत गर्दै विदेशमा अलपत्रलाई स्वदेश फर्काएको हो । यसका लागि सरकारले ७५ करोड रुपैयाँ छुट्याएको छ ।
बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*