अमेरिकामा कोरोना भाइरस कमजोर भइरहेको छ :ट्रम्प

लोकखबर
२० श्रावण २०७७, मंगलवार १४:४६

मकवानपुर । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरस कमजोर हुँदै गएको दाबी गरेका छन् । उनले पत्रकारहरुसँगको कुराकानीका क्रममा पछिल्लो सातामा नयाँ संक्रमितको संख्यामा ६ प्रतिशत गिरावट आएको पनि बताएका छन् ।

राष्ट्रपति ट्रम्पले आप्नो देशको स्थिति अन्या देशहरुको तुलनामा कैयौं गुणा राम्रो भएको पनि जिकिर गरे । अमेरिकी न्युज वेबसाइट एक्सिओससँगको कुराकानीमा उनले संक्रमितको अनुपातमा भइरहेको मृत्युको हिसाबले अमेरिकाको स्थिति युरोपभन्दा राम्रो भएको बताए ।

अमेरिकामा मृतक संख्या एक लाख ५५ हजारभन्दा बढी भएका बेला ट्रम्पको यस्तो बयान आएको हो । अमेरिकामा संक्रमितको संख्या ४७ लाख छ । बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*