हेटौंडेली कलाकार सुजन नेपालीको फिल्म प्रदर्शन हुँदै

जी. न्यौपाने
२० श्रावण २०७७, मंगलवार १५:३०

मकवानपुर । हेटौंडेली कलाकार सुजन नेपालीको मुख्य भुमिका रहेको नेपाली कथानक चलचित्र मैले आई.लव.यू. भन्नै सकिन फागुन २ गते देशैभरी प्रदर्शन हुने भएको छ । फिल्मको सुटिङ्ग सिध्याएर हेटौंडा अएका फिल्मका नायक सुजन नेपालीले फिल्म राम्रो बनेको कुरा लोक खबरलाई बताए । प्रेम श्रेष्ठ र भक्त ब. परियारले निर्माण गरेको फिल्मा मेसर ब.नेपाली र हरिकृष्ण महर्जन सहनिर्माता रहेका छन् भने कार्यकारी निर्माता शंकर कार्की रहेका छन् । तारा शंकर फिल्म प्रा.लि. को ब्यानरम बनेको फिल्म शंकर कार्की , सूर्य जिम्बाले निर्देशन गरेका हुन् । यसैगरि बिरु मस्टरले द्घन्द निर्देशन गरेका छन् भने कोरियोगा्रफरमा कविराज गहतराज छन् ।
कलाकारहरुमा सुजन नेपाली ,अन्जलि अधिकारी, सुनिल भुसाल, बुद्घि तामाङ्ग, निरुता तामाङ्ग,शुरबिर पण्डित , जेनन् लामा , राजाराम पौडेल , सितल खड्का,दावा लामा लगायतको अभिनय रहेको छ । म्यूजिक भिडियोमा मोडलिङ गरेर अभिनय सुरु गरेका नायक नेपाली ९ वटा म्यूजिक भिडियोमा अभिनय गरेका छन् । नेपालीको ठूलो पर्दाको यो पहिलो फिल्म हो । पहिलो फिल्मै उनी नायकको भूमिकामा देखा परेका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*