युरिया मलको अभाव

निशा गुरुङ
२० श्रावण २०७७, मंगलवार १५:४५

मकवानपुर । जती वेला यहा जे आवश्यक पर्छ त्यही नै पाईदैन । कृषि प्रधान देश भनिन्छ तर कहिले वीउ पाईदैन ।
वीउ पाए मल पाईदैन । सधै यस्तै अभाव र समष्या हुने गर्र्छ यहाँ । अहिले धानमा हाल्न मल चाहिएको छ तर त्यस्कै अभाव छ । रोपाइँ सकिएको १५ देखि २० दिनमा धानखेतीलाई युरिया मल चाहिन्छ । यही बेला पाइन छाडेको छ । मकवानपुरका कृषकहरुलाई पिर पर्न थालिसकेका छन् । पटक पटक सहकारीमा मल पाईन्छ की भनेर जाँदा मल नभेटिएको कृषकहरुको गुनासो छ । कृषि सामाग्री कम्पनीले समयमा मल झिकाउन नसक्दा किसान समस्यामा परेका हुन् । नेपाल मलमा पूर्णतः परनिर्भर छ । भारतबाट सरकारले आयात गर्छ । चाहिएको बेला नल्याइदिने परम्परा यसपालि पनि दोहोरिएको छ ।
मनसुनी वर्षाले साथ दिएकाले यस वर्ष देशैभरि बेलैमा रोपाइँ भयो । करिब ९५ प्रतिशत रोपाई सकिएको सरकारी आँकडा छ । धानमा युरिया मल हाल्न ढिला भइसकेको छ । चाहिएको बेला मल र सिचाइँ भए यो वर्ष धान उत्पादनमा कीर्तिमान बन्ने कृषि मन्त्रालयको दावी छ । तर, त्यसमा सरकारी सक्रियता भरपर्दो देखिँदैन ।
मल उपलब्ध गराइदिन सम्बन्धित जिल्लाका सहकारी संस्थाहरू दैनिक रूपमा कृषि मन्त्रालय धाउन थालेका छन् । मौसमले साथ दिए पनि मल नहुँदा उत्पादन कम हुनेतर्फ किसान चिन्तित छन् । साल्ट ट्रेनिङ मकवानपुरमा २०७६/०७७ मा १४ हजार क्वीन्टल युरीया मल र ८ हजार क्वीन्टल डिपिई मल सहकारी मार्फत विक्रि गरेको साल्ट ट्रेनिङ्का प्रमुख सैलेस कुमार पाण्डेले बताए । धान गोड्ने बेला भएपनि मलको अभाव छ उनले भने । कृषि सामग्री सस्थान केन्द्रमा ७० प्रतिशत र साल्ट ट्रेनिङ्मा ३० प्रतिशत मात्रै मल आउने गरेको उनले जानकारी दिए ।
त्यस्तै कृषि सामग्री सस्थान केन्द्रले गत वर्ष २०७६/०७७ मा ३४ सय १२ मेट्रिक टन मल विक्रि गरेको प्रमुख लक्ष्मण यादवले जानकारी दिए । कृषि सामग्री सस्थानले युरिया मल २ हजार ५५ दशमलव ५ सय टन , डिपिई १२ सय ८५ दशमलव ३ सय , पोटास ७२ दशमलव १ सय टन विक्रि भएको बताए । अहिलेको अवस्थामा लकडाउनको कारणले गर्दा पनि मल नभित्रिएको प्रमुख लक्ष्मण यादवले बताए । २ हजार ५ सय मेट्रिक टन प्रतिवर्ष भित्रिने गरे पनि हाल मलको अवस्था शुन्य रहेको उनले बताए । अहिले युरीया मलको माग भएता पनि मल नभएको उनले जानकारी दिए । उनले भदौको पहिलो हप्ता सम्ममा मल आउने खवर पाएका छौ उनले भने ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*