पखाला लागेर सिकिस्त युवतीको मृत्युपछि कोरोना पुष्टि

लोकखबर
२१ श्रावण २०७७, बुधबार १०:१०

मकवानपुर ।पर्सामा सोमबार मृत्यु भएकी युवतीलाई कोरोना संक्रमण रहेको मृत्युपछि पुष्टि भएको छ ।

पखाला लागेर सिकिस्त भएकी पर्सा, पोखरीया ८ की १८ वर्षीया ती युवतीलाई उपचारका लागि वीरगन्जस्थित नेसनल मेडिकल शिक्षण अस्पतालतर्फ लैजाँदै गर्दा सोमबार दिउँसो मृत्यु भएको थियो ।

मृत्युपछि शिक्षण अस्पतालमै उनको स्वाब संकलन गरी जाँच गर्दा कोरोना संक्रमण रहेको नारायणी अस्पताल स्रोतले जनाएको छ ।

पर्सामा सोमबार मृत्यु भएकी ती युवतीसमेत मृतकको संख्या १३ पुगेको छ । प्रदेश २ मा कुल मृतकको संख्या २० पुगेको छ । सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार प्रदेश २ को रौतहट र बारामा दुई–दुईजना तथा धनुषा, महोत्तरी र सप्तरीमा एक–एकजनाको मृत्यु भएको छ । बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *