मंगलबार विश्वमा ४ हजार २७८ कोरोना संक्रमितको मृत्यु

मकवानपुर ।मंगलबार विश्वमा ४ हजार २७८ कोरोना संक्रमितको मृत्यु भएको छ । यो अघिल्लो दिनको तुलनामा १ हजारभन्दा धेरै कम हो ।
मंगलबार ५ हजार ८१० कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।
विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ६ लाख ९१ हजार १३ जनाको ज्यान गइसकेको छ । संक्रमितको संख्या १ करोड ८१ लाख ४२ हजार ७१८ पुगेको छ ।
सुरुका केही समय अमेरिकन देशमा सबैभन्दा धेरै प्रभाव देखिएको कोरोना भाइरसको संक्रमण तुलनात्मक रुपमा अफ्रिकन देशमा कम फैलिएको थियो ।
पछिल्लो समय अफ्रिकन देशमा पनि कोरोना संक्रमण महामारीकै रुपमा फैलिएको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाउँछ । दक्षिण अफ्रिका विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण फैलिने देशको सूचिमा पाँचौ स्थानमा आइपुगेको छ ।
बाह्रखरी डटकमबाट