३०१ प्रहरीमा कोरोना संक्रमण, ११० जना डिस्चार्ज

लोकखबर
२१ श्रावण २०७७, बुधबार १२:११

मकवानपुर । मुलुकका विभिन्न स्थानका ३०१ प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।

जसमध्ये ११० जना डिस्चार्ज भइसकेका छन् । संक्रमितमा सबैभन्दा बढी प्रहरी प्रधान कार्यालयका मात्रै ७५ जना छन् ।

प्रहरी प्रवक्ता ९एसएसपी० कुवेर कडायतका अनुसार हाल प्रहरी प्रधान कार्यालयका ७५, काठमाडौं उपत्यकाका ९, प्रदेश १ का ३७, प्रदेश २ का २३, गण्डकी प्रदेशका ३९, प्रदेश ५ का ७ र सुदूरपश्चिम प्रदेशका एकजना संक्रमित प्रहरीको उपचार जारी छ ।

यसबाहेक ११० जना कोरोनामुक्त भएर डिस्चार्ज भएका भइसकेका छन् । बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*