भारतमा कोरोना:पछिल्लो चौबीस घण्टामा ८५७ जनाको मृत्यु, साढे ५२ हजार संक्रमित थपिए
मकवानपुर । कोरोना संक्रमणबाट भारतमा पछिल्लो चौबीस घण्टामा ८५७ जनाको मृत्यु भएको छ । साथै यही अवधिमा ५२ हजार ५०९ जना नयाँ संक्रमित फेला परेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै भारतमा कोरोना भाइरसको संक्रमणबाट हालसम्म १९ लाख ८ हजार २५४ जना प्रभावित भएका छन् ।
साथै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३९ हजार ७९५ पुगेको छ ।बाह्रखरी डटकमबाट











































