नर्समा कोरोना देखिएपछि धौलागिरि अस्पतालको ओपीडी बन्द
मकवानपुर ।आइसोलेसनमा कार्यरत नर्समा कोरोना पोजिटिभ देखिएपछि बागलुङस्थित धौलागिरि अञ्चल अस्पतालको ओपीडी सेवा बन्द गरिएको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले विज्ञप्ति प्रकाशित गरेर सेवा बन्द गरिएको जनाएका हुन् । नर्सको सम्पर्कमा आएकाहरूको पीसीआर परीक्षण गरिएपछि मात्र सेवा नियमित गरिने अस्पतालले जनाएको छ ।
बागलुङमा कुल संक्रमित २ सय ४७ मध्ये २ सय ३३ जना निको भइसकेका छन् । कोरोनाले जिल्लाको निसीखोलाका एक युवकको मृत्यु भएको छ भने १२ जना आइसोलेसनमा छन् ।इकान्तिपुर डटकमबाट