अपडेट : अयोध्यामा राम मन्दिरको भूमिपूजन

लोकखबर
२१ श्रावण २०७७, बुधबार १३:३६

मकवानपुर । अयोध्यामा भूमिपूजन गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले दिउँसो १२ बजेर ४४ मिनेटमा राम मन्दिरको शिलान्यास गरेका छन् ।

भूमिपूजनका लागि उनी वायुसेनाको विमानबाट अयोध्या पुगेका थिए । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले प्रधानमन्त्री मोदीको स्वागत गरेका थिए । दुवैले एक अर्कालाई हात जोडेर अभिवादन गरे ।

अध्योध्या पुगेर प्रधानमन्त्री मोदीले हनुमानगढी मन्दिरमा पूजा-अर्चना र परिक्रमा पनि गरेका थिए ।

अयोध्यामा राम मन्दिर बनाउन सर्वोच्च अदालतले फैसला सुनाएको १० महिनापछि बुधबारबाट निर्माणकार्यको पहिलो प्रक्रिया अगाडि बढेको छ । सन् १९८० को दशकबाट सुरु भएको राम मन्दिर र मस्जिदको राजनीति लामो अदालती प्रक्रियाबाट टुंगोमा पुगेको थियो ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *