सामुदायिक प्रहरी सेवा केन्द्र भवन उद्घाटन

जी . न्यौपाने
२१ श्रावण २०७७, बुधबार १४:४६

मकवानपुर । सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा १० बसपार्क भवनको एक कार्यक्रम बिच आज उद्घाटन गरिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख शुसिल सिङ राठोरले रिबन काटेर पानसमा बक्ति बाल्दै उद्घाटन गरेका थिए।
उद्घाटन पछि राठोरले “छोटो समयमा लकडाउनको अवस्थामा पनि आफ्नो जिम्मेवारीबाट पछि नहटि निर्माण गरिएको भवनको उद्घाटन आफुले गर्न पाँउदा अत्यन्त खुशी लागेको बताए ।”जि.प्र.का. मकवानपुर प्रमुख राठोरले आँउदा दिनमा पनि आइ परेका जिम्मेवारी स्वस्फुर्त ढंगले निर्वाह गर्न सुद्माए र अध्यक्ष लगायत टिमलाई पनि शुभकामना दिए ।
सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा १० बसपार्कका अध्यक्ष प्रदिप कडेलको अध्यक्षतामा भएको भवन उद्घाटन कार्यक्रममा हेटौंडा उपमहानगरपालकिा वडा नं. १ का वडा अध्यक्ष सबिन न्यौपानेको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा ११ थानाभर्‍याङका अध्यक्ष शलिकराम पुडासैनि , सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा ९ पशुपतिनगरका अध्यक्ष राम बिष्ट , जन प्रतिनिधि इन्द्र प्र. नेपाल लगायतकाले शुभकामना मन्तब्य ब्यक्त गरका थिए । कार्यक्रममा भवन निर्माणमा सघाउने सहयोगी दाताहरुलाई प्रमाण पत्र दिएर सम्मान समेत गरिएको थियो । कार्यक्रममा जन प्रतिनिधि धर्म बस्नेत, सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा १० बसपार्कका सल्लाहकार द्वय यज्ञ प्र. कडेल , महेन्द्र शार्मा लगायतको उपस्थिति थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*