रक्तदाताको संख्या बढदै

मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा रहेको व्लड वैकमा २०७६/७७ मा ३ हजार ५८ जनाले रक्तदान गरेका छन् । २०७५/०७६ मा २७ सय ३९ जनालेमात्र रक्तदान गरेको थिए । लकडाउनको अवस्था भएपनि गत आवमा अघिल्लो आव भन्दा वढी व्लड बैकले रगत संकलन गर्न सफल भएको छ ।
गत वर्ष भन्दा यस वर्ष रगत दिने रक्तदाताहरु बढेको हेटौंडा रक्तसञ्चार केन्द्रका प्रमख टंक दाहालले वताए । २०७६/७७ मा संकलन भएको रगत हेटौंडाका अस्पतालहरुमा २ हजार ६१ युनिट रगत खपत भएको दाहालले जानकारी दिए । भरतपुर अस्पतालमा ८ सय १० युनिट रगत पठाएको उनले बताए । लाहानमा ६० युनिट रगत पठाएको उनले जानकारी गराए । हेटौंडा उपमहानगरपालिकामा भएका ७९ संघ सस्थाहरुले आफनो बार्षिक उत्सवका अवसरमा रक्तदान कार्यक्रम गरेको प्रमख दाहालले बताए । रक्तदान गर्ने संघ सस्थाहरु बढेको हुदा अहिले रगतको खासै अभाव नदेखिएको उनले बताए । उनले रक्तदान गर्ने सबै संघ सस्थाहरुलाई धन्यवाद समेत दिएका थिए ।
रक्तसञ्चार केन्द्र प्रमख दाहालले रगतको माग बढ्दो क्रममा रहेको बताए । हेटौंडामा अस्पतालहरुको विकास भएसंगै रगतको माग पनि बढेको उनको भनाई छ । विश्व व्यापी रुपमा फैलिएको कोरोना भाईरसको कारणले गर्दा सरकारले भिडभाड नगर्न आग्रह गरेको हुदा १ महिना रगत संकलन गर्न हम्मे परेको थियो तर विभिन्न संघ सस्थाहरुले सावधानी अपनाएर त्यस्तो अवस्थामा पनि रक्तसञ्चार केन्द्रमा नै आएर रक्तदान कार्यक्रम गरेकामा दाहालले आभार प्रकट गरेका थिए । विभिन्न संघ सस्थाले गर्दा हेटौंडामा अहिले रगतको अभाव नपरेको उनले बताए । रक्तसञ्चार केन्द्रमा आकस्मिक रगतको अभाव हुदा फोन गर्ने बित्तिकै रक्तदान गर्न आउनेको रक्तदाताको संख्या सय जना भन्दावढी भएको जानकारी दिए । २०७७/७८ सुरु भएसंगै विभिन्न संघ सस्थाहरुले रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको पनि उनले जानकारी गराएका थिए ।