वीरगन्जमा थप ४३ जनामा कोराना संक्रमण

लोकखबर
२२ श्रावण २०७७, बिहीबार ११:०३

मकवानपुर ।वीरगन्जमा थप ४३ जना कोराना भाइरसको संक्रमित थपिएका छन् । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा वीरगन्जकै ४०, रौतहटका एक, बाराका एक र महोत्तरीका एकजनामा कोरोना संक्रमण देखिएका अस्थायी कोभिड अस्पतालका संयोजक डा. उदयनारायण सिंहले जानकारी दिए ।

उनले गए राति आएको रिपोर्टमा थप ४३ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए । कोरोना देखिनेमा बढी नेपाली सेनाका कर्मचारी बढी देखिएका भने संक्रमितको उमेर हेर्दा २० देखि ४० वर्ष उमेर समूहका बढी छन् । बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*