कोरोना संक्रमित मन्त्रीले प्रधानमन्त्री, गृहमन्त्रीलगायतलाई पनि भेटेका थिए

लोकखबर
२२ श्रावण २०७७, बिहीबार ११:१८

मकवानपुर । कोरोना संक्रमण देखिएका प्रदेश नम्बर २ का आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा बादललगायतका व्यक्तिलाई भेट गरेको पाइएको छ । प्रहरी समायोजन सम्बन्धी छलफलका लागि उनी जनकपुरबाट काठमाडौं आएका थिए ।

सोही क्रममा प्रधानमन्त्री, गृहमन्त्री, सातवटै प्रदेशका आन्तरिक मामिला मन्त्री, प्रहरी प्रमुखलगायतको बैठक भएको थियो । सोही बैठकमा सहभागी यादवलाई जनकपुर फर्किएलगत्तै कोरोना संक्रमण देखिएको थियो । बैठक साउन १६ गते बसेको थियो । उनी १७ गते जनकपुर फर्किएका थिए । बैठकपछि सामूहिकरुपमा खिचिएको तस्बिर खिचाउँदा प्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव, प्रहरी प्रमुख कसैले पनि मास्कसमेत लगाएका छैनन् ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*