सुनको मूल्य तोलाको १ लाख २ हजार ५ सय, चाँदी ५० रुपैयाँले महँगियो

लोकखबर
२२ श्रावण २०७७, बिहीबार ११:२४

मकवानपुर । सुनको मूल्य तोलाको एक लाख दुई हजार पाँच सय रुपैयाँ पुगेको छ । नेपाली बजारमा बुधबार लाख रुपैयाँ नाघेको सुनको भाउ बिहीबार प्रतितोला ११ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन अघिल्लो दिन प्रतितोला एक लाख एक हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

छापावाल सुनको मूल्य बढ्दा बिहीबार तेजाबी सुनको मूल्य पनि प्रतितोला ११ सय रुपैयाँले बढेर एक लाख दुई हजार रुपैयाँमा किनबेच भइरहेको छ ।

बिहीबारै चाँदीको मूल्य तोलाको ५० रुपैयाँले बढेर प्रतितोला १३ सय ४५ रुपैयाँ पुगेको छ । बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*