विराटनगरमा थप १३ जनामा कोराना, संक्रमितको संख्या १८२ पुग्यो

मकवानपुर । प्रदेश १ को राजधानी विराटनगरमा थप १३ जना कोरोना संक्रमण पुष्टि भएको छ ।
विराटनगर महानगरपालिकाले संकलन गरेको स्वाब कोसी अस्पतालको प्रयोगशालमा परीक्षण गराइएकामध्ये १३ जनामा कोरोना देखिएको हो । महानगरको जनस्वास्थ्य महाशाखाले जनाएअनुसार विराटनगर २, ६, ७, ८, १०, ११ र १३ नम्बर वडाका व्यक्तिमा कोरोना देखिएको छ ।
जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले भने, “संक्रमितको पहिचान गर्ने र अस्पताल भर्ना गर्न लैजाने प्रक्रिया सुरु गरिसक्यौं ।” कार्कीका अनुसार उनीहरू सबैको बुधबार अबेर रिपोर्ट आएको थियो ।
संक्रमितहरू ८ पुरुष र ५ महिला छन् । विराटनगरमा कोरोना कोरोना संक्रमितको संख्या १८२ पुगेको छ । महानगरले विराटनगरमा समुदायस्तरमा कोरोना संक्रमण पुगेको भन्दै पुनः लकडाउन घोषणा गरेको छ । कोरोनाबाट विराटनगर वडा ५ र ९ का दुईजना पुरुषको मृत्यु भइसकेको छ । बाह्रखरी डटकमबाट