प्रहरी प्रधान कार्यालयमा संक्रमितको संख्या ८५ पुग्यो

लोकखबर
२२ श्रावण २०७७, बिहीबार १२:४४

मकवानपुर । प्रहरी प्रधान कार्यालयमा कोरोना संक्रमित प्रहरीको संख्या ८५ पुगेको छ ।

हिजो १० जना थपिएसँगै कोरोना संक्रमित प्रहरीको संख्या ८५ पुगेको हो । प्रहरी प्रवक्ता एसएसपी कुवेरसिंह कडायतले संक्रमित प्रहरीको उपचार जारी रहेको बताए ।

यसबाहेक संक्रमितको सम्पर्कमा आएकाहरुको ट्रेसिङ, क्वारेटिनमा राख्नेलगायत काम भइरहेको उनले बताए । यस्तै प्रहरी प्रधान कार्यालयमा सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको छ ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*